पोखरा । अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको टोली पोखरा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसन (वाडा)को शनिबार हुने साधारणसभा सहभागी हुन नाडाको टोली पोखरा पुगेको हो ।
नाडाका अध्यक्ष ध्रुवबहादुर थापासहित पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार पोखरा विमानस्थलमा स्वागत गरिएको छ । नाडाका उपाध्यक्ष एवं वाडाका अध्यक्ष मोहनबाबु खड्कासहितको टोलीले नाडा टोलीलाई पोखरामा स्वागत गरेको हो ।
नाडाको नवनिर्वाचित टोली औपचारिक कार्यक्रममा पहिलो पटक पोखरा पुगेको हो ।
नवनिर्वाचित अध्यक्ष थापा पोखराकै व्यवसायी तथा वाडाको पूर्व अध्यक्ष हुन् ।
Comments are closed.