निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले लगानीको वातावरण बन्दैनः नाडा

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास अर्गनाइजेसनले क्याफ्टेरिया सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको समाचारसँगै सुरु भएको विवादका सन्दर्भमा अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा बोलेको छ । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयास भएको नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसरी निजी क्षेत्रको मनोबल गिराउँदा नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने नाडाले जनाएको छ ।

‘नेपालको अर्थतन्त्रमा अटोमोवाइल क्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको छ भने नेपालको रोजगारीमा पनि अटोमोवाइलक्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दे आएको छ । यस अटोमोवाइलक्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउदै आएको छ । यस मध्ये नेपालको अटोमोवाइलक्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथि गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको छ,’ नाडाका अध्यक्ष थ्रुव थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफ्नो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनुपर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।’

प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथि सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई यस एशोसिएशनले अन्यथा नलिने विज्ञप्तिमा उल्लेख छ ।  ‘कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनुपर्छ र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो र कानूनको सामान्य सिद्धान्तले पनि यहि भन्छ,‘ विज्ञप्तिमा उल्लेख छ, ‘समाचार कै आधारमा स्पष्टीकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिँदैन । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ ।’

jutta mela

नाडाले आफ्नो स्थापनाकालदेखि नै कानूनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउदै आएको सन्दर्भमा कानूनसम्मत व्यवसाय गर्दै आएको व्यवसायीमाथि कतैबाट पनि आरोप नलगाउन नाडाले सम्बन्धित सवैको ध्यानाकर्षण गराएको छ ।

You might also like

Comments are closed.