हेटौडा । हेटौंडा अटोमोबाइल एसोसिएसनको निर्माणाधीन भवनका लागि सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसैक्रममा अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट भवन निर्माणका लागि ५ लाख रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै नाडाका अध्यक्ष ध्रुव बहादुर थापाले थप ५० हजार रुपैयाँ र महासचिव सुरेन्द्र कुमार उप्रेतीले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
भवन निर्माणका लागि सहयोग प्रदान गर्ने सम्पूर्णप्रति एसोसिएसनका अध्यक्ष सागर सापकोटाले आभार व्यक्त गरेका छन् ।
Comments are closed.