नाडा अटो शोको तयारी तिब्र, स्टल बुकिङमा अटो व्यवसायीको आकर्षण

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा)द्वारा आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गरिने ‘नाडा अटो शो २०२२’को तयारी तिब्र बनाइएको छ । यसैक्रममा गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखनीय सहभागिता रहेको नाडा अटो शो समिति सभापति अनुप कुमार बरालले जानकारी दिए ।

‘चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसक्यो,’ उनले भने । गोला प्रथाबाट बिहीबार सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँड–फाँड गरिएको छ । सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा गोला प्रथा गरिएको हो ।

विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिने बताइएको छ ।

MANASLU

कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा आयोजक विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको बरालले बताए । ‘अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ््याक्चरिङ, कम्पनीहरुका विज्ञ एवं जानकारहरुसंगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुनेछ,’ उनले भने ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...