नाडाको आयोजनामा इभि एक्स्पो २०२२ हुने

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं  बैठकले पहिलो पटक नाडा इभि एक्स्पो २०२२ गने निर्णय गरेको छ ।

एक्स्पो मिति असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको छ । भादौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गर्र्दैे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

jutta mela

 

You might also like

Comments are closed.