नाडा ईभी एक्स्पोमा अवलोकनकर्ताको भिड

काठमाडौं । नाडा ईभी एक्स्पोको दोस्रो दिन दुईपांग्रे सवारी साधनमा अवलोकनकर्ताको भिड लागेको छ । पहिलो पटक भईरहेको विद्युतिय सवारी साधन एक्स्पोमा सहभागी दुई पाग्रे सवारी साधनका स्टहरुलमा अवलोनक कर्ताको उत्साहजनक सहभागिता देखिएको हो ।

ईभी एक्स्पो २०२२ मा १६ दुईपांग्रे ब्राण्ड रहेका छन् । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स, ब्लुसार्क लगायतका ब्राण्डको उपस्थिती रहेको छ ।

यी मध्य ब्लुसार्क, जोय र इभिट्रिकले ईभी एक्स्पामा नै सार्वजनिक भएका ब्राण्ड हुन् भने अन्य ब्राण्डहरु यसअघि नै बजारमा उपलब्ध ब्राण्ड रहेका छन् ।
ईभी एक्स्पोमा सहभागी सबैजसो ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको उत्साहजनक सहभागीता रहेको छ । ईभी एक्स्पोमा सहभागी काठमाडौं जोरपाटीका अभिषेक न्यौपानेले यस्तो खालको ईभी एक्स्पोले ग्राहकको आवश्यकता अनुसारको स्कुटर छनोटमा सहज भएको बताए ।

jutta mela

उनले भने,‘अव इलेक्ट्रीक युगको सुरुवात भइसकेको छ, म पनि स्कुटर किन्ने सोच बनाएर आएको छु तर यहाँ आएर पछि छनोट धेरै भएको छ । अब सोचेर आफुलाई राम्रो लागेको किन्ने सोच बनाएको छु ।’  यस्तो खाले एक्स्पोले ग्राहकलाई इलेक्ट्रीक भेहिकलको बारेमा जान्ने अवसरसमेत प्राप्त भएको न्यौपानेले बताए ।

विशेषगरी नयाँ लन्च भएका कामा अवलोकन कर्ताको भिड रहेको छ । त्यस्तै बजारमा यसअघि नै उपलब्ध रहेको ब्रान्डका स्टलहरुमा पनि उत्साहजन सहभागित रहेको छ भने ग्राहकले बुकिङसमेत गरिरहेका दुईपांग्रे कम्पनीले बताएका छन् ।

सुपर शोकोले ईभी एक्स्पोको पहिलो दिन सार्वजनिक गरेको दुई मोडलका मोटरसाइकल सबै बुकिङ भइसकेको शुपर शोकोका सेल्स म्यानेजर गोकुल राउतले जानकारी दिए ।

त्यस्तै ईभी एक्स्पोमा भेटिएका कलंकीका राम नारायण भण्डारीले ईभी एक्स्पो हेरिसकेपछि स्कुटर किन्ने निधो गरेको बताए । उनले भने, ‘खासमा म हेर्न मात्र भनेर आएको स्कुटर हेरेपछि स्कुटर किन्ने निधो गरेको छु । यहाँ टेष्ट ड्राइभ गर्न नमिल्ने रहेछ । शोरुममा गएर चलाएर हेरे पछि किन्ने बिचार गरेको छु ।’

त्यस्तै नाडा ईभी एक्स्पो आयोजक कमिटीका सभापति अनुप बरालका अनुसार सोचेभन्दा धेरै अबलोकनक कर्ताहरुको सहभागी भएको बताए । उनले भने, ‘हामीले ईभीमात्र भएको कारण सानो एक्स्पो होला भन्ने सोचेका थियौ, तर अबलोकन कर्ताको भिडले हामी निकै उत्साहित भएका छौं । आज दोस्रो दिन हामिले अनुमान गरे भन्दा धेरै अवलोकनकर्ताको उपस्थिती रहेको पाएका छौं, भोली शनिवार भएका कारण अझै यो भन्दा धेरै उपस्थिती हुनेछ ।’

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ व्यवस्था गरेको छ ।

सिएटद्वारा प्रायोजित नाडा ईभी एक्स्पोमा साधन, पार्ट पूर्जा, वित्तीय सेवा उपलब्ध रहेका छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

You might also like

Comments are closed.