नाडाको ४६औं वार्षिक साधारणसभा पुस २२ गते हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ । एसोसिएसनका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा मंसिर २२ गते बसेको १२ औं कार्यसमिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको दरवारमार्गस्थित होटल याक एण्ड यतिको रिगल हलमा साधारणसभा हुने महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश)ले जानकारी दिए । आगामी पुस २२ गते शुक्रबार दिउँसो २ बजेदेखि साधारणसभा हुनेछ ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रतिवेदनबारे छलफल र अनुमोदन, आर्थिक वर्ष २०७८/ ०७९को आय (व्ययको विवरण र २०७९ / ०८० को बजेट प्रस्तुत गरी सोबारे छलफल र अनुमोदन हुनेछ । लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता विषयमा छलफल गरिने उनले जानकारी दिए ।

साधारणसभाको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको नाडाले जनाएको छ । नाडा अटोमोबाइल्स ट्रेड डाइरेक्ट्री २०२३ को विमोचन लगायतका कार्यक्रम साधारणसभामा समावेश हुनेछ ।

You might also like

Comments are closed.