नाडाको साधारण सभा भाद्र २४ मा, महासंघमा जाने तयारी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भाद्र २४ गते विशेष साधारण सभा गर्ने भएको छ। सभा ललितपुरको झम्सिखेलस्थित द प्लाजा मा हुने छ ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जारी गरेको विज्ञप्तिअनुसार गत २०८२ भाद्र ८ गते बसेको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गरेको हो। सोही निर्णय कार्यान्वयन गर्न विशेष साधारण सभा आह्वान गरिएको हो ।

नाडाका अनुसार स्वयम् सदस्यहरूको लामो समयदेखिको इच्छा, चाहना र आकांक्षालाई मूर्तरूप दिन यो कदम चालेको हो। यस निर्णयले नाडालाई वास्तविक अर्थमा राष्ट्रिय स्तरको संस्था बनाउने र सदस्यहरूको हकहितलाई अझ प्रभावकारी रूपमा संरक्षण गर्ने विश्वास लिइएको छ ।

संस्थाले विशेष साधारण सभामा सबै सदस्यहरूको सक्रिय उपस्थितिको लागि आह्वान गरेको छ ।

You might also like

Comments are closed.