अटो पत्रकार संघमा शाह, नवनिर्वाचित कार्यसमितिलाई नाडाद्वारा स्वागत

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र अटो पत्रकार संघ (जाम) बीच अन्तरक्रिया तथा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । हालै नवगठित अटो पत्रकार संघ (जाम) का अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष सुरेन्द्र पौडेल, महासचिव सागर गजुरेल, सचिव तोयनाथ पौडेल, कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सदस्यहरु सौरभ नेपाल, प्रयास श्रेष्ठ, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल , युवराज बस्नेत, उज्वल घिमिरेलाई नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सम्मान गरेका छन् ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नव गठित अटो पत्रकार संघ (जाम) का सबै पदाधिकारी साथै सदस्यहरुलाई नाडाका महासचिव सुनिल रिजालले सफल कार्यकालको शुभकामना दिएका छन् ।

कार्यक्रममा जामको उत्पत्ती, विकास, अबधारणा र भावी योजना के छन् ? अब कुन रुपमा अगाडि बढ्छ ? त्यसका बारेमा प्रकाश पार्दै जामका अध्यक्ष उज्वल जंग शाहले अटो सेक्टर जीवन र ईकोनोमिक दुबैको मेरुदण्ड भएकाले जीवनयापन गर्नमा यातायातले निकै ठुलो भुमिका खेलेको र अटो सेक्टरले धेरै महत्त्व राखेको बताएका छन् । शाहले नेपाल सरकार र अटो व्यवसायी बिचको सुमधुर सम्बन्धका लागि अटो पत्रकार संघ (जाम) ले बलियो पुल भएर काम गर्ने जानकारी दिएका छन् ।

jutta mela

त्यसैगरी जामको उदय भएसङ्गै अब जाम र नाडाले के कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा भने जामका महासचिव सागर गजुरेले बताए । पत्रकारहरुका संस्था धेरै भएता पनि अटोमोबाइलमा काम गर्ने पत्रकारहरुका लागि भने व्यवस्थित संस्था नभएको र हरेक वर्ष अटो सेक्टरमा नीतिगत परिवर्तन हुने भएकाले पत्रकारहरुले केही सास्ती खेप्नु परेको स्मरण गर्दै तर अब जामले गर्दा विगतको जस्तो समस्या झेल्नु नपर्ने उनले बताए । जाम र नाडाको सहकार्यमा गरिने हरेक कार्यमा जाम सक्रिय भएर लाग्ने र अटो सेक्टरमा रहेर कलम चलाउने हरेक पत्रकारहरुको लेखन शैलिको वृद्धि बिकासका लागि सहयोग गर्न जाम प्रतिबद्ध भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले देशको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । सवारी साधनको चाप अनुसार सडकहरु नबनेको बताउँदै उनले व्यवसायी र पत्रकारहरुले सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा सरकारलाई सकारात्मक दबाब दिनुपर्ने बताए ।

अहिले नाडा केन्द्रमा मात्र सीमित नभएर सातै प्रदेशमा छरिएर रहेको बताउँदै प्रदेशको तर्फबाट बोल्दै नाडा केन्द्र समितिका सदस्य तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबू खड्काले जामलाई नयाँ कार्यकालको शुभकामना दिदै पत्रकारले व्यवसायीको बारेमा र प्रोडक्सहरुको बारेमा उपभोक्ता माझ बिगतमा जस्तै राम्रोसँग अझै बिस्तृत रुपमा पुर्याउने अपेक्षा गरे ।

नाडाका उपाध्यक्ष करण चौधरीले कुनै पनि व्यक्तिको ईमेज बनाउन र बिगार्न सक्ने सबैभन्दा ठूलो शक्ति पत्रकारको कलममा मात्र हुने भएकाले अटो सेक्टरमा कलम चलाउने पत्रकार त झन् भगवान जतिकै महान रहेको बताएका छन् । चौधरीले पत्रकारसँग भएको कलमको महत्व निकै ठुलो रहेकाले त्यस कलमलाई व्यक्ति र कम्पनी विषेश भन्दा पनि अटोको हितमा एकवद्द भएर कलम चलाउन आग्रह गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमको सहजीकरण भने नाडाका सचीव अनुप बरालले गरेका छन् ।

You might also like

Comments are closed.