‘नाडा अटो शो’ र ‘नाइमा मोबिलिटी शो’ : छुट र अफरमा प्रतिस्पर्धाको तयारी

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै नेपालको अटोमोबाइल क्षेत्रमा चहलपहल बढ्ने निश्चित छ । गाडी बिक्रीका दृष्टिकोणले आगामी आ.ब. कस्तो अवस्थामा रहन्छ यसै भन्न नसकिएपनि व्यावसायिक क्षेत्रमा चहलपहल भने बढ्ने देखिएको छ । बिगतमा ‘नाडा अटो शो’ मात्रै हुँदै आइरहेको अब ‘नाइमा मोबिलिटी शो’समेत हुँदैछ । त्यो पनि ९ दिनको अन्तरमा दुई ठूला शो आयोजना हुनेछन् ।

बजेट भाषणमा बिद्युतीय गाडीको कर बढ्ने पूर्व अनुमानसहित कम्पनीहरुले धेरै गाडी भित्र्याएका थिए । ती गाडीहरु दसैं अगाडि नै बुकिङ गराइसक्नुपर्ने दबाब कम्पनीहरुसँग छ । त्यसैले पनि दुवै अटो शोमा कम्पनीहरुले भारी छुटसहित विशेष अफर ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । कम्पनीहरुबीच हुने अफर प्रतिस्पर्धाले पनि आगामी आबको सुरुवातबाटै अटोमोबाइल क्षेत्रमा थप चहलपहल ल्याउनेछ । दुई फरक फरक अटो शोबीच हुने प्रतिस्पर्धा अझै रोचक बन्नेछ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ३ गतेबाट ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो गर्नेछ । हालै मात्रै स्थापना भएको संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नाडा अटो शोलाई काउन्टर दिने भएको छ । नाइमा मोबिलिटी शो भृकुटीमण्डपमा साउन २१ देखि २५ सम्म हुँदैछ ।

नाइमा मोबिलिटी शोमा देखिने प्राय ब्राण्डहरु नाडा अटो शोमा देखिने छैन भने नाडामा रहने प्राय ब्राण्ड नाइमामा देख्न पाइने छैन ।

नाइमा मोबिलिटी शोमा देखिने ब्राण्डहरुः

चार पांग्रेतर्फ :  BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr

दुई पांग्रेतर्फ : Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho

लाइट कमर्शियलतर्फ : Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong

नाडा अटो शोमा देखिने ब्राण्डहरुः

चार पाँग्रेतर्फ : DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG

दुई पाँग्रेतर्फः Hero, Royal Enfield, Zonson, Yamaha

लाइट कमर्शियलतर्फ : NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG

अटो कम्पोनेन्टतर्फः Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO

कम्पोनेन्टका स्टलहरु नाडा अटो शोमा मात्रै रहनेछन् । बिवाइडी, रोयल इन्फिल्ड, कामा र डिएफएसकेको स्टल मात्रै दुवै शोमा दर्शकले अवलोकन गर्न पाउनेछन् । दुई वटा शो नजिकिएसँगै गाडी बिक्रेताहरु त्यसको तयारीमा जुटिसकेका छन् । आकर्षक अफर ल्याउने गरी उनीहरुले रणनीति बनाएका छन् ।

साउनमा नाइमा मोबिलिटी शो आयोजना भइरहँदा केही प्रतिष्ठित ब्राण्ड र कम्पनीहरु बाहिरै रहनेछन् । यद्यपि नाइमा मोबिलिटी शोमा सहभागी नभएपनि उनीहरुले त्यही समयलाई मध्यनजर गर्दै आकर्षक अफर ल्याउने आन्तरिक तयारी भने गरिसकेका छन् । शोरुमहरुमा एक्स्चेन्ज मेलासहित विभिन्न अफरहरुसहितको क्याम्पियन गर्ने रणनीति उनीहरुको छ ।

त्यसैगरी नाइमा मोबिलिटी शो सम्पन्न भएपछि नाडामा नदेखिने ब्राण्डहरुले नाडा अटो शोलाई काउन्टर दिने गरी चाडपर्व अफरसहित शोरुम फेस्टिभल गर्ने तयारीमा प्राय कम्पनीहरु जुटिसकेका छन् । ‘आगामी आब अटोमोबाइल क्षेत्रका लागि फरक खालको हुनेछ । दुई वटा अटो शो आयोजना हुँदा र कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा बढ्ने देखिन्छ,’ एक आयातकर्ताले भने । कम्पनीहरुबीच छुट र अफरमा तिब्र प्रतिस्पर्धा हुँदा त्यसको लाभ ग्राहकलाई हुनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.