नाडा अटो शो आज सकिँदै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘१८ औँ नाडा अटो शो’ आज भदौ १४ गते सम्पन्न हुँदैछ । गत मंगलबारदेखि नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित अटो शोको अन्तिम दिन आज पनि बिहानैदेखि अवलोकनकर्ता र सवारी बुकिङ गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ ।

अटो शोमा २३ प्यासेन्जर कार, १७ लाइट कमर्सियल भेहिकल र १३ दुईपांग्रे ब्रान्ड गरी ५३ वटा सवारी ब्रान्डका साथै पाट्र्स, बैंक र बीमासहित २०० भन्दा बढी स्टल छन् ।

विद्युतीय सवारीमा विशेष आकर्षण देखिएको छ । कम्पनीहरूले दिएका विशेष छुट र बैंकहरूको सहज कर्जा सुविधाका कारण विशेष गरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कारमा ग्राहकको चासो बढी छ ।

अन्तिम दिन आज साँझसम्म अवलोकनकर्ताको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ । यस अटो शोले सुस्ताएको नेपाली अटो बजारलाई पुनः चलायमान बनाउन र ग्राहकमा उत्साह भर्न महत्वपूर्ण योगदान पु¥याएको व्यवसायीहरूको भनाइ छ ।

You might also like

Comments are closed.