काठमाडौं । भदौंमा आयोजना हुने अटो शोको तयारीमा आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) जुटेको छ । यसैक्रममा नाडाले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी अटो शो उद्घाटनको लागि निम्तो दिएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले मन्त्री पौडेललाई भेटेर अटो शो उद्घाटनको निम्तो दिएको हो । पौडेलले निम्तो स्वीकार्दै अटो शो उद्घाटन गर्ने प्रतिबद्धता जनाएको नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आउदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा १७औं संस्करणको नाडा अटो शो हुनेछ ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तराल पछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र निजीक्षेत्र मैत्री बजेट आएको बताए । छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालको सिमरामा सवारी साधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेकाले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे ।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।
Comments are closed.