नाडा अटो शो भदौ ९ देखि, स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्म

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म ‘नाडा अटो शो’ आयोजना गर्ने भएको छ ।

१८औं संस्करणको अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको नाडाले जनाएको छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आइरहेको छ ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी ग्लोबल एक्स्पोजिसनबाट प्राप्त गर्न सकिने जनाइएको छ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी अटो शोको यस हिस्सा बन्न नाडाले आह्वान गरेको छ ।

You might also like

Comments are closed.