नाडा अध्यक्ष उप्रेतीद्वारा अध्यक्षको पदभार ग्रहण

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् । बिहीबार नाडाको केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष करण चौधरी समक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् ।

यसै अवसरमा अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका छन् ।

बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । साथै, केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

You might also like

Comments are closed.

Secret Link