काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बुधबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ५८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
Comments are closed.