नागरिक परोपकार समन्वय संस्थाद्वारा शव वहान सेवा सुरु

लेखनाथ । कास्कीको लेखनाथस्थित नागरिक परोपकार समन्वय संस्थाले शव वहान सेवा सञ्चालनमा ल्याएको छ । पहिलो चरणको कोरोना महामारी सुरु भएसँगै २०७७ वैशाखमा संस्था स्थापना भएको हो ।

कास्कीको लेखनाथ, पोखरा सहित आसपासको क्षेत्रमा शवबहानको आवश्यकता महसुस गरी सेवा सुरु गरिएको अध्यक्ष राजेन्द्र ओझाले आर्थिक आवाजलाई जानकारी दिए ।

शव बहान सेवाको पूर्वमन्त्री खगराज अधिकारीले शनिबार उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलसहित जनप्रतिनिधिहरु, शव वहान सौजन्य गरेका शिव प्रसाद न्यौपाने लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

 

lcci
You might also like

Comments are closed.