काठमाडौं । प्राकृतिक विपद्का कारण समयमै सवारीसाधन दर्ता गर्न नसकेका व्यवसायीको समस्या सम्बोधन गर्न नाइमाले यातायात व्यवस्था विभागलाई पत्रमार्फत अनुरोध गरेको छ।
भन्सार जाँचपासपछि सवारीसाधन १५ दिनभित्र सम्बन्धित यातायात कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ। तर जोमसोम तथा बेनी क्षेत्रमा आएको बाढी र प्राकृतिक विपद्ले कोरला नाकाबाट भन्सार जाँचपास भएका सवारीसाधन कार्यालयसम्म पुर्याउन र समयमै दर्ता गर्न अवरोध गरेको छ।
यस विशेष परिस्थितिलाई ध्यानमा राख्दै दर्ताको म्याद थप गर्न साथै समस्या भोगिरहेका व्यवसायीको अवस्था पहिचान गरी अनावश्यक प्रशासनिक तथा आर्थिक भार नपर्ने गरी सहजीकरण गर्न नाइमाले विभाग समक्ष आग्रह गरेको छ।



Comments are closed.