नमस्ते सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. पोखराको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा तथा गण्डकी प्रदेशसभा सदस्य विन्दु कुमार थापाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि थापाले अर्थतन्त्रमा आएको उतार चडावको अवस्थामा सहकारी संस्था सञ्चालनमा धेरै नाफा कमाउने होडवाजी, सहकारी संस्थाको उचित व्यवस्थापनमा परेको समस्याका कारण नेपालमा सहकारी क्षेत्रमा आर्थिक समस्या परेको बताए । सहकारी सञ्चालनमा लगानी गरेको रकम समयमा असुली नहुनु, बचत कर्ताले एकैपटक बचत माग गर्नु, सहकारी संस्थाले समयमा नै आर्थिक व्यवस्था गर्न नसक्नु नै सहकारी अप्ठ्यारोमा परेको उनले बताए ।

jutta mela

विषेश अतिथि कोप्स सेन्टरका अध्यक्ष डिल्लिराम बरालले सहकारीले प्रत्येक शेयर सदस्यहरुको बचत रकम सुरक्षा गर्नुपर्ने बताए । कारोबारलाई सुचारु राख्दै संस्थालाई चलाएमान राख्नु सञ्चालक समितिको प्रमुख जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा शेयर सदस्यको तर्फबाट कृष्ण बहादुर कुँवरले यस्तो विषम परिस्थितिमा पनि संस्थालाई जोगाउन सफल भएकोमा सञ्चालक समितिलाई आभार व्यक्त गरे । सल्लाहकार युक्त बहादुर सुवेदी, अमर सापकोटा, कानुनी सल्लाहकार अधिवक्ता विष्णु प्रसाद अधिकारी, संरक्षक नारायण पौडेल लगायतले बोलेका थिए ।

संस्थाको अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समितिको प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । सञ्चालक समितिका सदस्य उदय बहादुर के.सी.(लाहुरेदाई) को संयोजकत्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष कल्पना गौतमले स्वागत मन्तव्य राखिन् भने कार्यक्रम सञ्चालन सचिव दधिराम दाहालले गरेका थिए ।

You might also like

Comments are closed.