नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि

काठमाडौं । बिग ह्याच र फाइभ–स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो । यस अवसरमा कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको थियो । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो ।

सीमित समयका लागि प्रस्तावित मूल्य यो महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीले जनाएको छ । अब नामी ई१ मा २५ हजार रुपैयाँ बृृद्धि भइ ३० लाख २४ हजार रुपैयाँ मूल्य कायम भएको छ । नामी ई२ मा ५० हजार रुपैयाँ मूल्य बृद्धि भइ ३२ लाख ४९ हजार रुपैयाँ र नामी ई३ मा एक लाख रुपैयाँ मूल्य बृद्धि भइ ३५ लख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।

डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि ५० हजार रुपैयाँ थप मूल्य लाग्ने कम्पनीेले जनाएको छ ।

ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउन नामी माइलस्टोन बनेको कम्पनीको दावी छ । फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिचर्स जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ–फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता सुविधाहरूले नामीलाई छोटो समयमा लोकप्रिय बनाएको छ ।

एमएडब्लू वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुपबीचको साझेदारी कम्पनी हो । सन् २०१४ मा स्थापित एमएडब्लू–वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी पहिचान बनाउन सफल छ । फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूलाई कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.