लोकप्रिय बन्दै नामीः एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० कार

काठमाडौं । एमएडब्लु बृद्धिले नेपाली बजारमा भित्र्याएको नामी कार छोटो समयमा नै लोकप्रिय बनेको छ । नेपाली बजारमा डेलिभरी सुरु भएको एक महिनामै ३०० कार नेपाली सडकमा गुड्न थालिसकेको कम्पनीले जनाएको छ । गत अटो सोमा सार्वजनिक भएको यो कारलाई बिग ह्याच विथ फाइभ–स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपाल पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरिएको थियो ।

फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्न नामी सफल भएको छ । नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शकले नाडा अटो सोमा पनि रुचाएका थिए । जहाँ ७२० वटा भन्दा बढी बुकिङ भएको बताइएको छ । बुकिङ गर्ने ग्राहकलाई पनि अब छिट्टै कार उपलब्ध गराइने कम्पनीले जनाएको छ । फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ ए.डी.ए.एस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ । विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्शक विकल्प बनाएको छ ।

नामी काठमाडौंसहित क्षेत्रीय डिलरहरुमा पनि सार्वजनिक भइसकेको छ । एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले नामीले अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको बताए । ‘फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चै नै उल्लेखनीय बनेको छ,’ उनले भने, ‘नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण हो । ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ ।’

 

lcci
You might also like

Comments are closed.