नेपालमा नामी भिगो ई२ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि डोङफेङको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘नामी भिगो ई२’ सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको फुल एसयूभी नामी भिगो ई२ को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नाडा अटो शो २०२६ को अवधिभरका लागि यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ मात्र हुनेछ । नाडा अटो शो आगामी भदौ ९ देखि १४ सम्म हुँदैछ ।

५१.८७ किलोवाट आवर ब्याट्री क्षमतासहित सार्वजनिक गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर छ, जसले सिंगल चार्जमा ३५० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज प्रदान गर्ने बताइएको छ । नेपालका सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ।

यसमा ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास लेभल २ जस्ता आधुनिक सुरक्षा फिचर समावेश गरिएका छन्। यसमा चालकका लागि हिटेड र भेन्टिलेटेड सिट, वाइफाई कनेक्टिभिटी, वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एन्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ लगायतका विभिन्न फिचर छन् ।

You might also like

Comments are closed.