नमो बुद्ध र स्वर्णिम इन्टरनेसनल स्कूल मर्ज

फाउन्डर भन्छन्– गुणस्तरीय र प्रविधियुक्त शिक्षा हाम्रो उद्देश्य

काठमाडौं । नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूल र स्वर्णिम इन्टरनेसनल स्कूल मर्ज भएका छन् । काठमाडौंको टोखा नगरपालिका– ६ धापासीमा रहेका दुई विद्यालय मर्ज गरेर विद्यालयको नाम नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूल राखिएको छ ।

विद्यालयको शिक्षण पद्धतिलाई बलियो बनाउने, विद्यार्थीको संख्या बढ्ने तथा लगानी पनि धेरै गर्नु नपर्ने भन्दै दुई विद्यालयबीच मर्ज गर्ने सहमति गरिएको नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूलका फाउन्डर एवं प्रिन्सिपल ज्ञानबहादुर तामाङले जानकरी दिए ।
वि.सं २०६३ सालदेखि सञ्चालनमा आएका यी दुई विद्यालयका विद्यार्थीको कुल संख्या ७ सय ६० रहेको उनले बताए ।

यसअघि स्वर्णिम इन्टरनेसनल स्कूल कक्षा ८ सम्म र नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूल कक्षा १० सम्म सञ्चालन हुँदै आएकोमा अब मर्ज पछि कक्षा १२ सम्म सञ्चालन हुने फाउन्डर तामाङले जानकारी दिए । नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूलले १३औं पटक एसईई लिइसकको छ ।

नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूलले अन्य विद्यालयहरुभन्दा फरक र गुणस्तरीय शिक्षालाई बढी प्राथमिकता दिएको फाउन्डर तामाङले बताए । विद्यार्थीहरुका लागि फराकिलो वातावरणमा प्ले ग्राउण्डका साथै डिजिटल प्रविधिको व्यवस्थापन गर्नेगरी ६ रोपनीमा ठूलो स्टक्चर बनिरहेको उनले बताए । उक्त भवनको ६ महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । र, त्यसको निर्माण पछि उतैबाट शिक्षण गराउने तयारी विद्यालयले गरेको छ ।

त्यहाँ पनि फराकिलोे प्ले ग्राउण्डदेखि लिएर स्विमिङपुल, डिजिटलाइज सिस्टम रहने बताउँदै फाउन्डर तामाङले भने, ‘सानो–सानो विद्यालय चलाएर बस्दा भाडा पनि धेरै लाग्ने, खर्च पनि धेरै लाग्ने कुरालाई म्यानेजमेन्ट गर्ने र शिक्षालाई अहिलेको आवश्यकताअनुसारको प्रविधियुक्त बनाउने भनेर हामीले विद्यालय मर्ज गरेका हौं ।’ यही असार १ गतेदेखि मर्ज गरेर सञ्चालनमा आएको नमो बुद्ध इन्टरनेसनल मोडेल स्कूलका अध्यक्ष राजकुमार लामा रहेका छन् ।

You might also like

Comments are closed.