नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा नानीराज घिमिरेले उम्मेदवारी दिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा नानीराज घिमिरेले उम्मेदवारी दिने भएका छन् ।

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको तर्फबाट उनले महासंघको बस्तुगत तर्फको कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् । फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्षसमेत रहेका घिमिरेलाई संस्थाले साझा उम्मेदवार बनाएको छ ।

घिमिरेलाई महासंघमा विजयी गराउन एसोसिएनले अपिल समेत गरेको छ । एसोसिएसनका महासचिव ज्ञानेन्द्रप्रसाद दाहालले घिमिरेलाई अत्याधिक मतले विजयी गराइदिन बस्तुगत तर्फका अध्यक्ष तथा प्रतिनिधिहरुमा अपिल गरेका हुन् ।

jutta mela

महासंघमा रहेर स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन अभियानमा सक्दो योगदान गर्ने आफ्नो उद्देश्य रहेको घिमिरेले बताए ।

महासंघको ५७औं वार्षिक साधारणसभा चैत २८ र २९ गते हुँदैछ ।

You might also like

Comments are closed.