कर, राजस्व तथा भन्सार समितिको उपसभापतिमा गुप्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गत कर, राजस्व तथा भन्सार समितिको उपसभापतिमा व्यवसायी नरेन्द्र कुमार गुप्ता नियुक्त भएका छन् ।

समितिलाई पूर्णता दिने क्रममा संघका अध्यक्ष दिनेश श्रेष्ठले उपसभापतिमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । गुप्ता विशाल बजार व्यापार संघका अध्यक्षसमेत हुन् ।

कर, राजस्व तथा भन्सार समितिको उपसभापतिमा आफूलाई नियुक्त गरेकोमा गुप्ताले नेपाल उद्योग वाणिज्य संघ काठमाणैंप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारी अनुसार सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

समितिको सभापतिमा कार्यसमिति सदस्य एवं एनइएफएफएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला छन नियुक्त भएका छन् ।

You might also like

Comments are closed.

Secret Link