भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् । उनले सवै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक बृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरे ।
पछिल्लो ६-७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्यन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ, उनले भने । प्रधानमन्त्री मोदीले यी सवै क्षेत्रले देशको आर्थिक बृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए ।
मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सवै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।
यस दशकमा हामीले देशको सवै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ, उनले भने ।
उनले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र त्यसले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । सबै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकारसँगसगै रहेको पनि उनले बताए ।
अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिए । देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सिप, पुनर्सिप र सिपको बृद्धिमा जोड दिनुपर्ने बताए ।
Comments are closed.