‘नास-आइटी एपिक्टा एक्स्को’मा १६ देशका प्रतिनिधिहरू भेला हुने

काठमाडौं । नास-आइटी (नेपाल एसोसिएसन फर सफ्टवयर एण्ड आइटी सर्भिसेस कम्पनिज)ले नेपालमा पहिलो पटक ‘एपिक्टा एक्स्को बैठक २०२४’ आयोजना गर्ने भएको छ । यही अप्रिल २० मा हुने उक्त बैठकमा १६ देशका प्राविधिक लिडरहरु र उद्योगका प्रतिनिधिहरू भेला हुने जनाइएको छ ।

अस्ट्रेलिया, बंगलादेश, ब्रुनाई, चीन, चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, मकाउ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनाम सहित एशिया प्रशान्त क्षेत्रका देशबाट प्रतिनिधि आउनेछन् ।

उक्त बैठकपछि नास-आइटीले ‘नेभिगेटिङ ग्रोथः स्टार्टअप इकोसिस्टम र एशिया प्यासिफिक विस्तारका लागि रणनीतिहरू’ विषयमा प्यानल छलफल गर्नेछ । छलफलमा स्वदेशी तथा विदेशी विज्ञहरुले प्रस्तुति राख्नेछन् ।

jutta mela

नेपाललाई आइटी हबका रुपमा विकास गर्न कार्यक्रमले सकारात्मक योगदान गर्ने विश्वास गरिएको अध्यक्ष रिचन श्रेष्ठले बताए । नेपालको आइटी क्षेत्रले विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने उनले बताए । ‘बैठक र प्यानल छलफलको आयोजनाले प्राविधिक उद्योग भित्र नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई अगाडि बढाउने हाम्रो दृष्टिकोणसँग सहयोग मिल्नेछ,’ उनले भने । यो कार्यक्रम अगस्तमा हङकङमा भएको थियो ।

You might also like

Comments are closed.