अपांगता भएका व्यक्तिहरूका लागि राष्ट्रिय ह्याकाथन सम्पन्न

नेपालमा पहिलोपटक अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै आयोजना गरिएको राष्ट्रियस्तरको ‘एआई फर पिपुल विथ डिसेबिलिटी’ (AIDA) ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतिक इन्नोभेसनद्वारा आयोजना गरिएको यो ह्याकाथन सनफ्लावर स्पेक्ट्रम बाई आरएक्सपीनको शीर्ष प्रायोजन तथा सनवे कलेजको ‘Powered By’ प्रायोजनमा सम्पन्न भएको हो। देशभरबाट प्राप्त ३५ भन्दा बढी आवेदनमध्येबाट उत्कृष्ट सात टोली छनोट गरिएको थियो, जसमा चार जना स्वयं अपांगता भएका व्यक्ति तथा करिब ४० प्रतिशत महिला सहभागिता रहेको आयोजकहरूले बताएका छन् ।

सहभागी टोलीहरूले स्मार्ट मोबिलिटी र सञ्चार, एआई फर अटिजम, डिजिटल केयरगिभर प्रणाली तथा श्रवण–वाक असक्षम व्यक्तिका लागि सिकाइ सहयोगी प्रविधि विकासमा केन्द्रित रहँदै आफ्ना प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए । भर्चुअल आइडियाथनबाट छनोट भएका टोलीहरूले सनवे कलेजमा ३६ घण्टे ह्याकाथनमा प्रतिस्पर्धा गर्नुका साथै ICT Award 2025 को प्रिईभेन्ट Startup & Idea Fest मा पनि परियोजनाहरू प्रदर्शन गरेका थिए ।

१५ नोभेम्बरमा सम्पन्न ग्राण्ड फिनालेमा सरिता खड्का, मनोज शाक्य, विकास नाहाटा, अंकुर शर्मा र ध्रुव अधिकारी मूल्यांकनकर्ताको रूपमा उपस्थित थिए । प्रतिस्पर्धामा थिंक एआईले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो, जबकि मिसन चौरासीले पहिलो रनर–अप हुँदै ३० हजार र एक्सेस कोडले दोस्रो रनर–अप हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

You might also like

Comments are closed.