नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’ बीमा योजना

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा ल्याएको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरिन् ।

बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्नेछ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने संग संगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आय श्रोत अनुसार रु.५० हजार देखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने छ । मुनाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ ।

जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

 

You might also like

Comments are closed.