अब नेशनल लाइफको बीमाशुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अब नेशनल लाइफ इन्स्योरेन्सको बीमा भुक्तानी फोन पे र इसेवाबाट बुझाउन सकिने भएको छ ।

कम्पनीले ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था ईसेवाको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरि आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपपस्थितिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सेवको औपचारिक शुरुआत भएको हो।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.