नेशनल प्याव्सन काठमाडौंको आयोजनामा पिभिएसटी बैठक सम्पन्न

काठमाडौं । नेशनल प्याव्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा काठमाडौंं जिल्ला अन्तर्गतका स्थानीय तहमा रहेका राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याव्सन)को पिभिएसटी बैठक सम्पन्न भएको छ ।

बैठकमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागी थिए । बैठकमा सांगठनिक तथा आर्थिक प्रतिवेदन पनि पेश गरिएको थियो । बैठकमा सहभागीले आफ्नो धारण प्रस्तुत गरेका थिए ।

बैठकमा शैक्षिक क्षेत्रमा थप प्रभावकारी कार्यक्रम ल्याउन एन प्याब्सनले कसरी भुमिका खेल्नसक्छ भन्ने विषयमा छलफल गरिरहेको अध्यक्ष खडक बहादुर बस्नेतले बताए । बैठकमा संगठन सुदृढीकरण, केन्द्रको रुलिङ मानेर चन अफ कमाण्डमा जानुपर्ने, क्वालिटी मेम्वर कसरी ल्याउने भन्ने वारेमा पनि छलफल गरिएको संचार विभाग प्रमुख तथा सचिवालय सदस्य राजन श्रेष्ठले जानकारी दिए ।

jutta mela

नेशनल प्याव्सन काठमाडौं जिल्ला कार्यसमितिका सचिव अमृत खड्काले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.