नेशनल प्याब्सन बाग्मती प्रदेश र युनाइटेड फाउण्डेशन नेपालबीच सम्झौता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन ) वागमती प्रदेश कार्यसमिति र अमेरिकी गैरसहकारी संस्था युनाइटेड फाउण्डेशन नेपालबीच  सहकार्यका लागि सम्झौता भएको छ ।

नेशनल प्याब्सन  वागमती प्रदेश कार्य समिति र अमेरिकी गैरसहकारी संस्थाबीच वागमती प्रदेश अन्तर्गतका दुर्गम जिलाहरुमा अवस्थित र रसुवा र नुवाकोट जिल्लाका अति विपन्न केही सामुदायिक विद्यालायहरु परीक्षणको रुपमा छनौट गर्नेगरी ती विद्यालयका शैक्षिक गुणस्तर पूर्वाधारमा व्यापक सुधार गर्ने एक मात्र उद्देश्य लिई युनाइटेड फाउण्डेशन नेपालले आवश्यक आर्थिक स्रोत उपलब्ध गराउने र नेशनल प्याब्सन वागमती प्रदेश कार्य समितिले  स्रोत परिचालन गरी विद्यालयको स्तर उकास्नेतर्फ ललितपुरको कुपण्डोलस्थित वागमती प्रदेश कार्य समितिको कार्यालयमा एक समारोहका बीच दुई पक्षीय सझौता पत्रमा हस्ताक्षर सम्पन्न भएकाे छ ।

सो समारोहमा नेशनल प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष नारायण कुमार कार्की र युनाइटेड फाउण्डेसन नेपालको तर्फबाट फाउण्डर/अध्यक्ष निरज सिग्देलले हस्ताक्षर गरेका छन् ।

jutta mela

नेशनल प्याब्सन केन्द्रीय कार्यसमितिका सह अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम डा.नवरथ बानियाले संचालन गरेका थिए ।

 

 

You might also like

Comments are closed.