मौलिकता जोगाएर पर्यटन व्यवसायलाई अघि बढाउन आग्रह

नाट्टा गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा नाट्टा अबलोकन भ्रमण २०२१ म्याग्दी र मुस्ताङ जिल्लाका पर्यटकिय स्थलहरुमा सफलता पुर्वक सम्पन्न भएको छ । भ्रमण टोलीले मंसिर २० देखि २२ गते सम्म म्याग्दी जिल्लाको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थल टोड्के थासाङ लेते टिटि तालको अबलोकन गरेको थियो ।

समुन्द्री सतहदेखि दुई हजार ५ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै धवलागिरी, अन्नपुर्ण निलगिरी लगायतका एक दर्जनभन्दा बढी हिमालहरुलाई नजिकबाट हेर्न सकिने टोड्के पर्यटकिय दृष्टीबाट प्रचुर सम्भाबना रहेको छ । भ्रमण टोलीले म्याग्दीको बेनी र टोडकेका छलफल तथा अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो दैनिक एक सय जना भन्दा बढी बस्ने आवाससहितको पुर्वाधार निर्माण भएपछि पोखरा, काठमाण्डौ, बेनी र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समुह बस्ने गरी आउन थालेको जानकारी दिए धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा पर्यटकको चहलपहल बढाउन एतिहासिक स्वर्गद्वारी आश्रम, शिब मन्दिरको जिर्णोद्धार गर्न पुरातत्व विभागमा प्रस्ताव पेश गरिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । पर्यटकिय गाउँ झिँमा उद्यान बैगचा, झिँदेखि टोड्केसम्म पदमार्ग, सडकको स्तरोन्नती, उच्चस्थानको खेलमैदान निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा) को टोलीले पर्यटन सम्भावना बोकेको टोड्केमा मौलिकता जोगाएर पर्यटन ब्यवसायलाई अघि बढाउन स्थानीयलाई आग्रह गरेका छन् । विदेशबाट पोखरा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउन र नयाँ गन्तव्य पहिचान गर्न टोड्केलाई रोजेको नाटाका अध्यक्ष सञ्जय कान्त सिग्देलले बताए । उनले पर्यटकको लागि उपयुक्त गन्तव्य टोड्के रहेको बताउदै प्रचारप्रसार र सडक, पदमार्ग लगायतका पुर्वाधार पर्यटकको आकर्षण गर्ने किसिमले निर्माण गर्न सिग्देलले आग्रह गरेका थिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले गाउँपालिका, स्थानीयबासी, होटल संचालकहरुको जागरुताले पर्यटन ब्यवसायलाई आर्यआर्जनको रुपमा विकास गर्न सकिने बताए । उनले जनप्रतिनिधि, होटल ब्यवसायी र स्थानीय मिलेर पुर्वाधार लगायतको क्षेत्रमा सहकार्यलाई प्रस्ताव लिएमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै सडक स्तरोन्नती र पदमार्ग निर्माण गर्दा, चौतारी, बगैचा, सार्वजनिक शौचालय लगायतका पुर्वाधार निर्माणमा ध्यान दिन गाउँपालिकालाई सुझाव दिएका थिए । बेनीदेखि अथुङ्गे, तोरापानी पात्लेखेत झिँ हुदै टोड्के, धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गरेर घतान पात्लेखेत, झिँ हुदै टोड्के र बेनी पुलाचौर डडुवा, पुर्णगाउँ हुदै सडक सुविधा प्रयोग गरेर करिव साढे दुइ घण्टामा पर्यटक त्यहाँ पुग्न सक्छन्।

You might also like

Comments are closed.