पर्यटन पुनउत्थानका लागि नाट्टाको चार दिने स्थलगत भ्रमण

पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्ड को सहयोगमा पर्यटन पुनउत्थान लागि पोखराका पर्यटन ब्यवसायीहरु ४ दिनको लागि गोर्खा लम्जुङ र तनहुँको स्थलगत भ्रमण निस्किएका छन् ।
सो भ्रमण कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईलाई संस्थाको लोगो अंकित ज्याकेट हस्तान्तरण गरेर शुभारम्भ गरे । मन्त्री बस्नेतले कोभिड- १९ कारण सबै भन्दा प्रभावित पर्यटन क्षेत्र भएकाले यस्को पुनरुथानका लागि विविध कार्यक्रम गर्नु पर्ने बताए । उनले आर्थिक समृद्धिको पहिलो आधारनै पर्यटन भएकाले अब स्वास्थ मापदण्ड अपनाएर पर्यटनलाई चलायमान गराउनुपर्ने बतए ।
कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक किशोर दाहालले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको बतााए ।
पूर्व अध्यक्ष परिषदका सह -संयोजक पशुपती शर्माले छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको भ्रमणले आन्तरिक पर्यटनलाई चलायमान गराउने विस्वास व्यक्त गरेे ।
संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउँदै आन्तरिक पर्यटक निम्तो दिन पर्यटकीय गन्तव्यको भ्रमण आयोजना गरेको बताए । भ्रमणले पोखरा सुरक्षित छ भन्ने सन्देश दिने उनको भनाइ थियो ।
संस्थाका महासचिव कमला गिरिले गोर्खा लम्जुङ तनहुँ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य पुगेर स्थानीय पर्यटन ब्यवसायीहरुसँग अन्तरक्रिया गरिने बताए । उनका अनुसार स्थलगत भ्रमणमा मनकामना, बुङ्कोट, बक्यश्वरी र सहिद लखनको जन्मस्थान, बारपाक, लिगलिगकोट, बन्दिपुर र तनहुँको मानहुँकोट लगायतको अवलोकन गर्न कार्यक्रम रहेको छ । टोलिमा सस्थाका सदस्य सञ्चारकर्मी सहित २४ जनाको सहाभागिता रहेको छ । हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ छन् ।

You might also like

Comments are closed.