नेचुरल साकोसको १२औं साधारणसभा जारी

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको १२औं वार्षिक साधारण सभा जारी छ । मंसिर १४ गते आइतबार सुरु साधारणसभा १९ गतेसम्म जारी रहने कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको हो । साधारण सभामा सक्रिय सहभागिताका लागि सहकारीले सेयर सदस्यहरुलाई आग्रह गरेको छ ।

‘छलफल, सुझाव संकलन तथा हस्ताक्षर कार्यक्रम सहभागी भइदिनुहुन सम्पूर्ण सेयर सदस्यहरुमा आग्रह गरेका छौं,’ पाठकले भने । प्रधान कार्यालय तथा सेवा केन्द्रहरुमा उपस्थिति भएर हस्ताक्षर गर्न सकिनेछ ।

jutta mela

कोभिड महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साताव्यापी रुपमा हस्ताक्षर संकलनसहित साधारणसभा सञ्चालन गरिएको पाठकले बताए ।

You might also like

Comments are closed.