नेचर सुपर मार्केटमा कलाकार दीपासँग तीज विशेष कार्यक्रम

काठमाडौं । काठमाडौंको मैतीदेवी र नरेफाँटबाट सेवा प्रदान गरिरहेको नेचर सुपर मार्केट प्रा.लि.ले महिलाहरुको महान पर्व तिजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेचरका ‘फेमिली मेम्बर’ले कलाकार तथा नेचर सुपर मार्केटका ब्राण्ड एम्बेस्डर दीपाश्री निरौलासँग तीज मनाएका छन् ।

सोमबार नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवीमा कलाकार निरौलासँग अन्तरक्रिया गर्दै नेचरका फेमिली मेम्बर तथा ग्राहकले तीज मनाएका हुन् । नेचर परिवारसँग तीज मनाउन पाउँदा खुसी लागेको कलाकार निरौलाले बताइन् । नेचरका ग्राहकलाई लक्षित गरी तीज विशेष कार्यक्रम गरिएको सञ्चालक सदस्य तारामान धामीले बताए । मंगलबार नेचरको नरेफाँट शाखामा दीपाश्री निरौला र जीतु नेपालसँग तीज विशेष कार्यक्रम हुने प्रवन्धक शुभेच्छा धामीले जानकारी दिइन् ।

यसैबीच, नेचर सुपर मार्केटले ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहनेछ । अफर अन्तर्गत १ हजार ५ सय रुपैयाँदेखि २ हजार ४ सय ९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्नेछन् । २ हजार ५ सय रुपैयाँदेखि ४ हजार ९ सय ९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्नेछन् भने ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिनेछ ।

नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागु हुनेछ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपर मार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको सुविधा निःशुल्क उपलब्ध छ । ‘उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी नेचर सुपर मार्केट प्रा.लि.ले समय समय उपभोक्ता मुखी विभिन्न खालका अफरहरु ल्याइरहेको छ,’ सञ्चालक धामीले भने, ‘आगामी दिनमा पनि विभिन्न खालका अफरहरु ल्याउनेछौं ।’

You might also like

Comments are closed.