काठमाडौं । ‘नेचर सुपर मार्केट प्रा.लि.’ को पहिलो शाखा काठमाडौंको नरेफाँटमा भोलि शुक्रबारबाट खुल्ने भएको छ । शाखामा बिहीबार पूजा गरिएको छ । शाखा उद्घाटनका लागि सम्पूर्ण तयारी पुरा भएको प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।
गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा नरेफाँटमा शाखा सञ्चालनमा ल्याउन लागेको हो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराइरहेको धामीले बताए ।
‘नरेफाँट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पुर्याउनेछ,’ उनले भने । प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होमडेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रा.लि.ले ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ ।
Comments are closed.