काठमाडौं । ‘नेचर सुपर मार्केट प्रा.लि.’ ले मेम्बरसिप फेमिली कार्ड जारी गरेको छ । ग्राहकहरुलाई नेचर परिवारमा समेट्ने र कार्ड लिने ग्राहकलाई विशेष छुटमा सेवा प्रदान गरिने प्रा.लि.ले जनाएको छ ।
मैतीदेवी चोक र नरेफाँट शाखाबाट नेचर सुपरमार्केटले ग्राहकलाई खाद्यान्न, ग्रोसरी लगायतका सामान बिक्री वितरण गर्दै आइरहेको छ । मेम्बरसिप फेमिली कार्ड लिएका ग्राहकले दुवै शाखाबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्ने अध्यक्ष जनक धामीले जानकारी दिए । होम डेलिभरी सेवामा पनि ग्राहकले छुट प्राप्त गर्ने उनले बताए ।
व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा गत कात्तिकबाट सञ्चालनमा आएको छ । ‘छोटो समयमा ग्राहकबाट उत्साहपूर्ण माया प्राप्त गरेका छौं,’ धामीले भने, ‘बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउन हामी सफल छौं ।’
प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । कोरोना महामारीका कारण लागु गरिएको निशेधाज्ञामा पनि होम डेलिभरी सेवा नियमित रहेको धामीले जानकारी दिए ।




Comments are closed.