काठमाडौं । काठमाडौं नेचुरोपेथी अस्पताल सोमबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा अस्पतालले वार्षिकोत्सव मनाएको छ ।
गुणस्तरीय सेवा र सफल उपचारका कारण अस्पतालले छोटो समयमै आफ्नो ‘ब्राण्ड’ बनाउन सफल भएको वार्षिकोत्सवका अवसरमा सञ्चालक गणेश पाण्डेले बताए । ‘पारिवारिक वातावरणमै दक्ष चिकित्सकबाट उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता हो । र, जारी नै रहन्छ,’ उनले भने ।
प्यारालाइसिस, पक्षघात, ब्रेन ह्यारेज, नशा च्यापिने, हड्डी खिइने, बाथ लगायतका रोगहरुको सफल उपचारका लागि अस्पतालमा सेवाग्राहीको आकर्षण देखिएको पाण्डेले बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देबेन्द्र पराजुली, सोभियत ढकाल, पूर्वमन्त्री तथा काँग्रेस नेता इन्द्रबहादुर गुरूङ, नेपाली चलचित्रका नायक रमेश उप्रेती, नेपाल प्रहरीका एसपी दानबहादुर कार्की, टोखा नगरपालिका वडा अध्यक्ष जगन्नाथ ढकाल, जिबिस लमजुङका पूर्वसभापति जीवन बिष्ट लगायतको उपस्थिति थियो ।
Comments are closed.