साताको सबै दिन व्यापार गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौं ।

साताको सबै दिन व्यापार गर्न पाउनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । असार ८ गतेबाट लागु हुने गरी काठमाडौं उपत्यकामा फरक–फरक बार अनुसार फरक–फरक व्यवसाय सञ्चालन गर्न सकिने व्यवस्था गरिएको थियो ।

उक्त व्यवस्था व्यवहारिक नरहेको राष्ट्रिय व्यापार संघले विज्ञप्तिमार्फत जनाएको छ । सम्पूर्ण बारमा व्यवसाय सञ्चालनको वातावरण बनाउन र व्यवसायीलाई जतिसक्दो छिटो खोपको व्यवस्था गर्न संघका महासचिव वैकुण्ठ दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग गरिएको छ ।

You might also like

Comments are closed.