काठमाडौं । नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा क्याम्पसका १ सय ७० जना विद्यार्थीहरुलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।
नगद रहित विद्युत्तीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युत्तीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
हाल बैंकले सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमाट बैंकिङ सुविधा दिदै आएको छ ।







Comments are closed.