नेपाल बंगलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई

काठमाडौं । नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको जानकारी गराएको छ ।

बैंकिङ क्षेत्रमा २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ ।

पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका थिए ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधा दिदै आएको छ ।

You might also like

Comments are closed.