नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबिच सम्झौता

 

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच नेपाल बंगलादेश बैंक लिमिटेड बिच छुट सम्वन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउंदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको छ ।

सम्झौतामा नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । सम्झौताबाट नेपाल बंगलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास बैकले लिएको छ ।

हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल छन् । सबै स्थानबाट छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

You might also like

Comments are closed.