नेपाल बङ्गलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १ लाख रुपैया स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ । दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।

सो रकम बराबरको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेल दिनेशको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

jutta mela

हालसम्म बैंकले १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ सुविधा दिंदै आएको छ ।

 

You might also like

Comments are closed.