नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको टोली ब्राजिल भ्रमणमा

काठमाडौं ।  नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा यस संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ देखि २४ फेब्रुअरीसम्म ब्राजिल भ्रमण जाने भएका छन् ।

१९ सदस्यको टोलीले नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमापुर्‍याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमण गर्नेछन् । साथै उक्त अवसरमा एक विशेष समारोह को आयोजना गरी ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारिया ले सम्पूर्ण टोलीलाई विदाई गरेका थिए ।

उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ । प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।

भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा FECOMERCIO र ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रीज ABIH का उद्यमीहरूसँग भेट का साथै नेपाल र ब्राजिलबिचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् ।

एनबीसीसीआई नेपाल र ब्राजिलबिचको व्यापार, लगानी र सहकार्यलाई प्रर्वद्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

 

You might also like

Comments are closed.