नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधरण तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको मूल्य प्रतिकित्ता ४सय ७५ रुपैयाँ तोकिएको छ । त्यसैगरी, सेयर खरिदका लागि आजदेखि २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त सेयरमा १० लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा १० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

बोलपत्रमा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

तोकिएको समय अवधि भित्र प्राप्त गोप्य शिलबन्दी फागुन २८ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भइसकेको छ । उक्त सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल  रहेको छ ।

You might also like

Comments are closed.