नेपाल बैंक लिमिटेड र एक्जिम बैंक अफ इण्डियाको आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक अफ इण्डियासंग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु Trade Assistance Program (TAP ) अन्तर्गत सम्झौता भएको छ ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरू बीच भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन्, “हामीएक्जिम बैंक अफ इण्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि एक्जिम बैंक अफ इण्डियासंगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं” ।

You might also like

Comments are closed.