राष्ट्रिय सहकारी बैंकले मनायो २१ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष कँडेलले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सहकारी अभियान र सरकारबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए । सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिए ।

सो अवसरमा विषम परिस्थितिमा सहकारीको उत्कृष्ट व्यवस्थापन सम्बन्धी सफलताको अनुभव आदान–प्रदान भएको छ । सहकारी व्यवस्थापनमा सफल रहेका विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपुरका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, मेचि बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेड झापाका प्रमुख कार्यकारी अधिकृत खेम प्रसाद बगाले, चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रिले सफल सहकारी व्यवस्थापनको लागि आ–आफ्नो अनुभव आदान–प्रदान गरेका थिए ।

कार्यक्रममा गत पुसमा सम्पन्न १९ औं वार्षिक साधारण सभामा घोषणा भएका व्यक्ति तथा संस्थाका विभिन्न विधाका पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक नायब महाप्रबन्धक राजेश श्रेष्ठले गरेका थिए ।
भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा

अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैंकको उपत्यका बाहेकका सम्पूर्ण शाखा कार्यालयहरुमा २१ औं स्थापना दिवसको अवसरमा छलफल तथा अन्र्तक्रिया गरि दिवस मनाइएको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकद्वारा विभिन्न विधामा व्यक्ति तथा संस्थालाई पुरस्कृत
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा विभिन्न व्यक्त तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

गत पुसमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मानका लागि छनोट भएका व्यक्ति तथा सहकारी संस्थाहरुलाई शुक्रवार राष्ट्रिय सहकारी महासंघको सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले सम्मानित व्यक्ति र पुरस्कृत संस्थाका पदाधिकारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरेका थिए ।

सम्मानित तथा पुरस्कृत हुने व्यक्तिहरूमा बैंक व्यवस्थापन तर्फ उत्कृष्ट कर्मचारी धु्रव तामाङ (सहयोग स्तर) अमृत कुमार जोशी, (सहायक स्तर) प्रवीण कुमार आर्चायलाई (अधिकृत स्तर) र सहकारी बैंकको उत्कृठ शाखा बुटवल शाखालाई सम्मान गरेकोे छ ।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार विधामा विकास न्युज डटकममा कार्यरत पत्रकार सन्तोष रोकाया, सहकारी बैंक विद्वता पुरस्कारबाट डाक्टर दीप बहादुर रावल र सहकारी बैंकका पूर्व सञ्चालकबाट विजय राज घिमिरे सम्मानित भएका छन् ।
त्यसैगरी बागमती प्रदेश तर्फ उत्कृष्ट हुने बचत तथा ऋण व्यवसायमा बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बचत तथा ऋण बाहेकको व्यवसाय गर्ने दोलखामा रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय स्तरको उत्कृष्ट सदस्य संस्था तर्फ कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको छ ।

यस्तै बैंकको शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने बैंकको उपत्यका भित्रका शाखाको र दोलखा र नुवाकोट शाखाका ४६ वटा सहकारी संस्थालाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकले आयोजना गरेको सहकारीमा वित्तीय साक्षरता सम्बन्धी निबन्ध प्रतियोगितामा तृतीय र सान्त्वना हुने मंगलोदय माध्यमिक विद्यालय इमाखेल थानकोटका आनन्द महतो र जेशिका श्रेष्ठलाई पुरस्कार वितरण गरिएको छ ।

 

lcci
You might also like

Comments are closed.