सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड न्युरोड र पुतलीसडक शाखा कार्यालयद्वारा आयोजना भएको क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ । न्युरोड र पुतलीसडक क्षेत्रका सहकारीका अध्यक्षहरुलाई लक्षित गरी दुई दिवसीय कार्यक्रम आयोजना गरिएको न्युरोड शाखा प्रवन्धक रमा घिमिरेले जानकारी दिइन् ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०÷०८१ अन्तर्गत बुधबार र बिहीबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ४८ वटा सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको पुतलीसडक शाखाका प्रमुख अर्पणा पन्त लोहोनीले जानकारी दिइन् ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

jutta mela

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका सदस्य ध्रुवराज विष्टले गरेका थिए । उद्घाटन पछि मन्तव्य राख्दै विष्टले सहकारीको कुशल व्यवस्थापनमा सञ्चालक समितिका अध्यक्षको नेतृत्वदायी भूमिका रहने बताए ।

तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका संचालक एवं बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले नेतृत्वमा सहकारी सञ्चालन गर्ने क्षमता र सिप नहुँदा सहकारी संस्थामा समस्या आएको बताए । तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक कुबेर निरौलाले विभिन्न ८ वटा विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरूले तालिम पश्चात् संस्थालाई थप उचाइमा लैजान र संस्थामा नेतृत्वदायी भुमिका खेल्न तालिम सहयोगी भएको बताएका छन् ।

You might also like

Comments are closed.