सामाजिक उत्तरदायित्व बहनमा अग्रणी एनसेल, झण्डै २ अर्ब लगानी

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सामाजिक उत्तरदायित्व जिम्मावारी (सीएसआर)मा झण्डै २ अर्ब रुपैयाँ खर्च गरेको छ । एनसेलले सामाजिक उत्तरदायित्व बहन गर्दैै शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै लगानी गरिरहेको जनाएको छ ।

निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा धेरै काम गर्ने पहिलो र ठूलो कम्पनी मध्यमा एनसेल पर्न सफल बनेको छ । कम्पनीले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेपनि त्यसबाहेक विपद व्यवस्थापन तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा पनि कामहरु गरिरहेको जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जल तथा मौषम विज्ञान विभागसँगको सहकार्यमा बाढी पहिरोको जोमिख सम्बन्धी पूर्व जानकारीहरु एमएमएस अलर्टमार्फत प्रदान गरिरहेको छ । यसले गर्दा पहिला पहिला जस्तो बाढी पहिरोबाट धेरै जनधनको क्षतिहुने क्रम धेरै घटेको एनसेलले जनाएको छ ।

६ महिना अघि एनसेलले विभागसँग पूर्व सूचना प्रणाली अन्तर्गत अब कुल १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्न समझदारी गरेको छ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात छन् ।

‘हामीले २०१६ देखि जल तथा मौषम विज्ञान विभागसँग सहकार्य गर्दै आएका छौं र यो जनधनको क्षति न्युनीकरणमा एकदमै उपयोगी सावित भएको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले भनिन् । उनका अनुसार, एनसेलले एटिन फर एटिन सीएसआर कार्यक्रम अन्तर्गत पनि सातै प्रदेशमा समुदायस्तरमा सकारात्मक प्रभाव देखिने गरी कार्यक्रम संचालन चरणमा छ ।

सीएसआरमा सरकारले छुट्याएको क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरिरहेको एनसेलले जनाएको छ । सरकारी प्रावधान अनुसार १५ करोड भन्दा माथि वार्षिक करोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको १ प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्दछ ।

एनसेलले दीगो विकास लक्ष्यसँग बढी फोकस गरेर सीएसआर प्रोजेक्टहरु गरेका जनाएको छ । शिक्षामा ६० सरकारी विद्यालयहरुमा आधुनिक डिजिटल आईटी ल्याब स्थापना भएको, देशभरीका विभिन्न सरकारी विद्यालयहरुमा ‘एडप्ट ए स्कुल’ कार्यक्रम अन्तर्गत धेरै कामहरु भएको एनसेलले जनाएको छ । एनसेलले निरन्तर १० वर्षसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृद्धि र उत्कृष्टता सम्मान पनि गरेका छ । त्यसैगरी, एनसेलले आर्थिक अवस्था कमजोर भएका परिवारका छात्राहरुलाई स्नातक तहसम्मको पढाईका लागि पनि छात्रवृत्रि प्रदान गरेका थियो ।

एक जिम्मेवार कम्पनीका रुपमा एनसेलले स्वास्थ्यको क्षेत्रमा धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन एन्ड हेल्थ इन्फरमेटिक्स संचालन भएको छ । जसले ग्रामीण दूरदराजका सेवाबाट बन्चित मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दछ । यसैगरी स्वास्थ्य क्षेत्रमा स्वास्थ्य तथा कोरोना सचेतना कार्यक्रम, मनमोहन कार्डिओथोरासिस् भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा विश्वस्तरीय आईसियु निर्माण, टिचिङ् अस्पतालमा डे केयर किड्नी एन्ड डायलासिस् सेन्टर स्थापनामा सहयोगलगायतका कामहरु गरेको छ ।

वातावरणको क्षेत्रमा काठमाडौंको रिङरोडको कोटेश्वर–कलंकी सडक खण्डको ग्रिन बेल्ट उदाहरणीय बनेको छ । त्यसैगरी धनुषाधाममा ५० हजार रुख वृक्षरोपण, वान युथ वान प्लान्ट अभियान, वाईल्ड लाईफ कन्सरभेसनसँगको सहकार्यका वृक्षरोपणको कामहरु गरेको छ । खड्काका अनुसार, सीएसआरमा राम्रो काम गरेकाले एनसेलले सरकारी, विभिन्न नेपाली र अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट अवार्डहरुसमेत प्राप्त गरेको छ ।

यसैबीच, विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले विपद्का बेलामा आवश्यक काम गरिरहेका जनाएको छ । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव हुन्छ । मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको जनाएको छ ।

You might also like

Comments are closed.