एनसेलले निःशुल्क कल, एसएमएस र इन्टरनेट सेवा बढायो

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि प्रदान गर्दै आएको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि थप एक दिनका लागि लम्ब्याएको छ । अब ग्राहकहरूले यो सुविधा शुक्रबारसम्म लिन सक्नेछन् ।

हालको विषम परिस्थितिमा उपभोक्ताहरूलाई सहज संचार सुविधा उपलब्ध गराउन एनसेलले मंगलबारदेखि दुई दिनका लागि निःशुल्क सेवा प्रारम्भ गरेको थियो । तर, ग्राहकहरूको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै कम्पनीले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सेवाको समयावधि बढाइएको जानकारी दिएको हो ।

एनसेलको यो योजनाअन्तर्गत ग्राहकहरूले बिना कुनै शुल्क एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा लोकल कल गर्न, इन्टरनेट चलाउन र एसएमएस पठाउन सक्ने सुविधा पाउँदै आएका छन् ।

You might also like

Comments are closed.